


सुन्दरहरैँचा । किवानिस क्लब अफ सुन्दरहरहरैचा वर्ष २०२२ को अध्यक्षमा विनोद भट्टराई निर्वाचित भएका छन।


अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। अधिवेशनले उपाध्यक्षमा पार्वती गच्छदारलाई निर्वाचित गरेको छ।


सचिवमा यादव पौडेल , सहसचिवमा हर्कराज राई र कोषाध्यक्षमा विजय लिम्बू सहकोषाध्यक्षमा मनोज श्रेष्ठ निर्वाचित भएका छन ।



त्यस्तै सदस्यमा उज्ज्वल थापा, सुमन ढकाल, फडिन्द्र सुवेदी, उपेन्द्र बजगाई, बाबुराम भट्टराई, सर्मिला आचार्य, मेनुका ढकाल र सुष्मा थापा निर्वाचित भएका छन ।
त्यस्तै सदस्य वृद्धिमा गणेश भट्टराई र सुमन तिम्सिना निर्वाचित भएका छन ।
किवानिस क्लब अफ सुन्दरहरैँचा संस्थापक अध्यक्ष विकास बजगाईबाट सुरु भएको थियो। किवानिसको अधिवेशन इन्द्रपुर जेसिज २०२० का अध्यक्ष गणेश प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो ।