


सुन्दरहरैचा । पछिल्लो २४ घण्टामा सुन्दरहरैचा नगरपालिकामा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।


सामाजिक बिकास मन्त्रालय प्रदेश नं १ का अनुसार बुधबार सुन्दरहरैचामा ६ जना महिला र ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । मोरङमा मात्र बुधबार २६८ जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।


प्रदेश १ मा मोरङ, सुनसरी र झापा जिल्लामा कोरोना भाईरसको संक्रमण बढी फैलिरहेको छ । बुधबार मात्र झापामा ६८, मोरङमा २६८ र सुनसरीमा २८० जनामा कोरोना भाईरसको संक्रमण देखा परेको छ ।


मोरङको सबै भन्दा बढी विराटनगर , झापाको विर्तामोड र भद्रपुर र सुनसरीको धरान र इटहरी जस्ता स्थानिय तहमा सक्रमितको संख्या बढी फैलिरहेको छ ।