EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

सातदोबाटोसँग मनाङ पराजित

by Eastkhabar
पुस ३०, २०७८
in खेलकुद
0
सातदोबाटोसँग मनाङ पराजित
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । शुक्रबार भएको खेलमा मनाङ नवप्रवेशी सातदोबाटो युथ क्लबसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

सातदोबाटोलाई जित दिलाउन मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक एक गोल गरे । मनाङका आफिज ओलावाले ओलादिपोले एक गोल फर्काए ।

दशरथ रंगशालामा भएको रोमान्चक खेलको छैटौं मिनेटमा सातदोबाटोका निरज चौधरीले पेनाल्टी एरियाको ठिक बाहिरबाट प्रहार गरेको बल मनाङका गोलकिपर विशाल सुनारले मुश्किलले बचाए ।

खेलको ११ औं मिनेटमा मार्टिनले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए ।

आकाश बुढा मगरको कर्नरमा सुदिप गुरुङले उपलब्ध गराएको हेड पासमा मार्टिनले हेडमार्फत सहजै गोल गरे ।

खेलको ३८ औं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई २-० गोलको अग्रता दिलाए ।

प्रशान्त अवस्थीको क्रसमा अनमार्क रहेका मार्टिन्सले हेड मार्फत सहज गोल गरे ।

खेलको ५७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २-१ को स्थितिमा ल्याए ।  पुजन उपरकोटीको कर्नरमा सातदोबाटोका डिफेन्डरले बल क्लियर गर्न नसक्दा उनले सहजै गोल गरे ।

खेलको इन्जुरी समयमा मनाङका कप्तान अन्जन विष्टको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए  ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र मनाङ सातदोबाटोसँग स्तब्ध भयो ।

सातदोबाटोले कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङलाई पहिलो पल्ट हराएको हो ।

पहिलो भेटमै सातदोबाटोले मनाङलाई हराएको हो ।

यस जितसँगै सातदोबाटोले ९ खेलमा १२ अंक जोडेको छ ।

सातदोबाटो लिगको छैटौं स्थानमा उक्लिएको छ ।

मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।

सातदोबाटोसँगको हारसँगै मनाङको उपाधि होड समेत कमजोर बनेको छ ।

खेलको म्यान अफ दि म्याच सातदोबाटोका प्रशान्त अवस्थी चुनिए ।

Post Views: 556
Tags: a division leaguemmcsyc
Previous Post

नोबेलका सञ्जालक शर्मा लाई विधार्थीले दले कालोमोसो

Next Post

मेडिकल सञ्चालक शर्मालाई कालोमोसो दल्नु गलत हो

Eastkhabar

Related Posts

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट
खेलकुद

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट

कार्तिक २, २०७९
तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने
खेलकुद

तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने

अशोज २९, २०७९
भियतनामसँग पराजित नेपाल बाहिरियो
खेलकुद

भियतनामसँग पराजित नेपाल बाहिरियो

अशोज २२, २०७९
दक्षिण अफ्रिकाले भारतलाई हरायो
खेलकुद

दक्षिण अफ्रिकाले भारतलाई हरायो

अशोज २१, २०७९
बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने
खेलकुद

बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने

अशोज १८, २०७९
बागमती प्रदेश स्तरीय कराँते हुने
खेलकुद

बागमती प्रदेश स्तरीय कराँते हुने

अशोज ६, २०७९
Next Post
नोबेलका सञ्जालक शर्मा लाई विधार्थीले दले कालोमोसो

मेडिकल सञ्चालक शर्मालाई कालोमोसो दल्नु गलत हो

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.