


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बुधबार दुई जनामा कोरोना संक्रमणको भाइरस देखिएको छ ।


प्रदेश १ को सामाजिक विकास मन्त्रालयको अनुसार सुन्दरहरैचाका दुई जनामा कोरोना संक्रमणको भाइरस देखिएको हो ।


मन्त्रालयका अनुसार एक पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।


त्यस्तै मन्त्रालयका अनुसार मोरङमा बुधबार मात्र १४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मोरङमा ५९ जना महिला र ८६ जना पुरुषमा बुधबार भाइरसको सक्रमण देखा परेको हो ।