


कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप कैलालीको एयरपोर्ट मोडमा दुर्घटनामा परेको छ । मन्त्री आले मंगलबार राति काठमाडौंबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगरमा हुने एक कार्यक्रममा जाने क्रममा उनी चढेको गाडी दुर्घटनामा परेको हो ।


सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।


महेन्द्रनगरमा हुने कार्यक्रमका लागि मन्त्री आलेले सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाेगाडी प्रयोग गरेका थिए ।


मन्त्री आले सवार चढेको गाडी दुर्घटनामा परे पनि गाडिमा सवार मन्त्री सहित अन्य सकुशल रहेका छन । मन्त्री आले महेन्द्रनगरमा आयाेजना हुने कार्यक्रममा सहभागी हुन अर्काे गाडी चढेर गईसकेका छन ।