


सुन्दरहरैचा । कोरोना संक्रमण दर बढीरहेको बेला मोरङ प्रशासनले मास्क नलगाएको कसैलाई भेटे तत्कालाई १०० रुपैया जरिवाना गर्ने निर्णय गरेको छ ।


त्यस्तै स्वास्थ्य मापदण्ड पालना नगरने व्यवसायीलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । तर यी दुवै निर्णय केवल निर्णयमा सिमित हुने धेरैको बुझाई छ । यस अघी पनि यस्ता निर्णय प्रशासनले गरेको थियो तर कार्यान्वयन पक्ष धेरै फितलो रहेको थियो ।


ओमिक्रोन भेरीयन्टको जोखिमलाई मध्यनजर गर्दै मोरङ प्रशासनले जिल्ला कोरोना सुरक्षा व्यवस्थापनाको बैठकमार्फत माघ १ गते देखी लागु हुने गरी मापदण्ड पालना नगर्नेलाई कडाईका साथ जरिवाना असुल गर्ने जानकारी गराएको हो ।


पुष ३० गते सम्म जिल्ला भित्रका उधोग व्यवसाय तथा कलाकारखाना र पसल व्यवसायलाई सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्ने र उल्लघंन गरे जरिवाना गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
साथै बैठकले खुल्ला सिमा भएकाले भारतबाट संक्रमण फैलिनसक्ने हुँदा सिमामा कडाई गर्ने निर्णय गरेको छ ।