


बेलबारी । मोरंगको बेलबारी नगरपालिकाका ७ हजार बढी सुकुम्बासी माथि गठबन्धन सरकारले घात गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले आरोप लगाएकी छिन । उनले गठबन्धन सरकारको कर्तुत भएको समेत बताईन ।


राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको सुचनामा बेलबारी नगरपालिकाको नाम नै नआएपछि उपमेयर पराजुलीलिे यस्तो प्रतिक्रिया दिएकी हुन ।


आयोगले सार्बजनिक गरेको सुचनामा जिल्लाका कानेपोखरी,पथरीशनिश्चरे,बुढीगंगा,सुन्दरहरैचा,उर्लाबारी र रतुवामाई नगरपालिकाको मात्र नाम उल्लेख गरिएको छ । सोही सुचनामा बेलबारीको नाम उल्लेख नगरिएपछि बेलबारीका नगरबासीहरुले सामाजिक सञ्जाल मार्फत तिब्र बिरोध शुरु गरेका छन ।


उनीहरुले कमिसन नपाउने भएपछि मेयर र उपमेयरले सोही सम्झौता नगरेको र सुकुम्बासीहरुलाई लात हानेको भन्दै बिरोध जनाईरहेका छन । यस बिषयमा आयोग सँग प्रतिक्रिया लिँदा आयोगले बेलबारी नगरपालिकाले फर्म नै नभरेको जनाएको छ । उता बेलबारी नगरपालिकाका प्रबत्ता योगेन्द्र सुवेदीले समेत आफुहरुले सबै प्रक्रिया पुरा गरेको तर किन यस्तो भयो थाह नभएको बताए ।