


सुन्दरहरैचा । एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीबाट जसरी पनि अतिरिक्त शुल्क लिएरै छाड्ने नोवेल कलेजको अडानका विरुद्द विधार्थी संगठनहरु एक भएका छन ।


शिक्षण शुल्कको नाममा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको भन्दै नोबेल मेडिकल कलेजमा अध्ययन गर्ने विधार्थीहरु आन्दोलित रहेका छन ।


मनोमानी ढङ्गबाट निर्धारण गरिएको उक्त अतिरिक्त शुल्क तिर्न नसक्ने विद्यार्थी हाल पठनपाठनबाट बञ्चित छन् । मङ्सिर १९ गतेदेखि नियमित पठनपाठन सुरु भईसकेको भएपनि कलेजले उनीहरुलाई कक्षाकोठामा प्रवेश दिएको छैन् ।


विद्यार्थीहरुको आन्दोलनप्रति मोरङका संयुक्त विद्यार्थी संगठनले समर्थन जनाएको छ । विधार्थीहरुको आन्दोलनलाई समर्थन गर्दै नेपाल विधार्थी संघ मोरङको प्रतिनिधित्व गर्दै जशवन्त पौडेलले विधार्थीहरुको लागि नेवी संघ सधैं अगाडि रहेको बताएका थिए ।
पौडेलले नेताको कलेज होस या राजा महाराजाको कलेज होस मेडिकल माफियाहरुलाई घुडा टेकाएरै छाडने बताएका थिए । अखिल क्रान्तिकारी, नेविसंघ, एकीकृत समाजवादी निकट अखिल, एमाले अखिल, जसपाको समाजवादी विद्यार्थी युनियनले विद्यार्थी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी भएका छन् ।
अतिरिक्त शुल्क नबुझाएको निहुुँमा नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ । नेपाली काँग्रेसका नेतासमेत रहेका नोवेलका सञ्चालक डा सुनिल शर्माले आफूहरुबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थीहरुको आरोप छ ।