


सुन्दरहरैचा । मगलबार दिउसो मोरङको सुन्दरहरैचा नगरपालिका ९ बिराटचोक स्थित पुर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन्। मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।


पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०२-०४८ प १७५७ नम्बरको मोटरसाइकलले मगलबार दिउसो १ बजेतिर सडकमा यात्रा गरिरहेका १ जनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।


ठक्करबाट पैदल यात्री ४५ वर्षीय केशवकुमार राई, मोटरसाइकल चालक २१ वर्षीय यादव राई र मोटरसाइकलमा पछाडि सवार ४७ वर्षीय चक्र बहादुर राई घाइते भएका हुन्। घाइतेको हात, खुट्टा र टाउकोमा चोट लागेको र उनीहरुको स्थानिय सुकुना मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


मोटरसाइकल चालक भोजपुर पौवादुम्बा ६ बस्ने २१ वर्षीय यादव राईसँग सवारी चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ। मोटरसाइकलनाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।