


सुन्दरहरैचा । सुन्दरहरैचामा रहेको सुकुना बहुमुखि क्याम्पसमा विधार्थी विधार्थी बिच कुटाकुट भएको छ ।


मंगलबार बिहान क्याम्पस परिसर भित्र तीन राजनितिक दलको भातृ संगठनमा आबद्द भएका विधार्थीहरु बिच कुटाकुट भएको हो ।


मंगलबार बिहान एमाले निकट रहेको अनेरास्ववियुले क्याम्पस प्रशासन भित्र संगठनको परिचय पत्र बाढेको विषयलाई लिएर तीन विधार्थी संगठन बिच विवाद भएको थियो ।


विवाद पश्चात विधार्थी विधार्थी बिच कुटाकुटको सिर्जना भएको एक विधार्थीले बताए ।
एमाले निकट रहेको अनेरास्ववियुले क्याम्पस परिसर भित्र विधार्थीको पठनपाठन नै अवरुद्द हुने गरि संगठनको परिचयपत्र बाढिएको भेटेपछी एकीकृत समाजवादि निकट अनेरास्ववियुका विधार्थीहरुले उक्त कार्य रोक्न भनेको थियो ।
तर एमाले निकट अनेरास्ववियुले उक्त कार्य रोक्न नमाने पछि विधार्थी संगठन बिच विवाद उत्पन्न भएको थियो ।
विवाद पश्चात् विधार्थी संघठन बिच घम्साघम्सी भए पश्चात् केही विधार्थी माथी सांघातिक हमला भएको प्रत्यक्षदर्शी रहेका विधार्थीहरुले बताएका छन ।
क्याम्पस परिसर भित्र पटक पटक विधार्थी संगठन बिचमा आपसी विवाद हुदा क्याम्पसको पठनपाठनमा नै समस्या उत्पन्न भएको विधार्थीहरुको गुनासो छ ।
झडप पश्चात् क्याम्पसमा प्रहरीको उपस्थिति रहेको थियो । क्याम्पस परिसर भित्र पटक पटक तीन विधार्थी संगठन बिच झडप हुँदै आएको छ ।
मंगलबार बिहान एमाले निकट विधार्थी सगठन अनेरास्ववियु , एकीकृत समाजवादी निकट विधार्थी सगठन अनेरास्ववियु र काङ्ग्रेस निकट विधार्थी संगठन नेवी संघ बिच कुटाकुट भएको हो ।