


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा कारले ठक्कर दिदा एक जना घाइते भएका छन ।


कारको ठक्करबाट सुन्दरहरैचा १० बस्ने वर्ष ४५ का सहदेव बजगाई घाइते भएका हुन ।


पुर्व पश्चिम लोकमार्ग अन्तरगत वडा नं ९ स्थित पिएलओ गेट अगाडि पश्चिमबाट पुर्व जाँदै गरेको को १२ प ८२५२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउदै गरेको कारले ठक्कर दिदा बजगाई घाइते भएका हुन ।


ठक्कर दिने कारको नम्बर प्लेट नखुलेको प्रहरीले जनाएको छ । नम्बर प्लेट नखुलेको सेतो कलरको कारको प्रहरीले खोजी कार्य गरिरहेको जनाएको छ ।
घाइते बजगाईको विराटनगर स्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।