


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुरमा सोमबार राती ट्रकले ठक्कर दिदा तीन जना घाइते भएका छन ।


पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश-१-०२-०२ ख ८३१६ नं को ट्रकले मे ३ प ५००० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार २९ वर्षीय मोटरसाइकल चालक सुन्दरहरैचा ११ बस्ने दिपेन्द्र चौधरी र मोटरसाइकलको पछाडी सवार सुन्दरहरैचा ११ बस्ने वर्ष २७ को नगेन्द्र चौधरी गम्भीर घाइते भएका हुन ।


त्यस्तै दुर्घटनामा ट्रकका सहचालक संखुवासभा धर्मदेवी नगरपालिका ३ बस्ने वर्ष १७ को आङ्फुर्वा शेर्पा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार ट्रक चालक धनकुटा नगरपालिका १ बस्ने वर्ष ३२ का भिमबहादुर तामाङ फरार भएका छन । प्रहरीले ट्रक चालक तामाङको खोजी भईरहेको बताएको छ ।