


तिमी जन्मिदा आमाको काखमा जन्मियौ,अनि हुर्कियौ पनि आमाबाटै तर जति समय धकेलिँदै गयो त्यति नै परिवर्तनले पनि साथ दिन थाल्यो। हरेकचीजलाई समयले परिवर्तन हुन सिकाउँने रहेछ।


“मेरो भोगाइ”र “बुझाई”
तिमी सानो छउन्जेल तिमीलाई घर र परिवारको साथ छोड्न निकै नै मुश्किल पर्थ्यो,तर आज यही समयले गर्दा तिमी घर छोडेर परिवारबाट टाढा बसेको छौ, चाहे पढ्न होस्! या कमाउन! कारण जे पनि हुन सक्छ। यहां कुरा परिवर्तनको छ।
अब तिमी एक्लै हास्न र बाँच्न पनि सक्ने भएको छौ ,किनभने समयले तिमीलाई परिवर्तन सँग भेट गराइसकेको छ। यो ध्रुवसत्य छ कि, जहिले तिमीले यो परिवर्तित संसारमा पाइला टेक्यौ, तिमी परिवर्तनमुखी बनिसक्यौ ,किन कि तिमी जन्मिए जस्तो सधैं रहन चाहेर पनि सक्दैनौं त्यसैले अब कुरा परिवर्तनको आएको छ।
यो बद्लियो” त्यो परिवर्तन भयो! भनेर अक्सर सबै रिसाउने गर्छन्,तर कसैको पनि परिवर्तनतामा रिसाउनु ब्यर्थ रहेछ,कोही परिवर्तन हुँदैमा कसैले पनि कसै सँग रिसाउने ,गुनासो गर्ने, उप्रति गलत धारणा राख्ने, त्यो आफू भित्रको कमजोरी र मूर्ख्याइँको विषय मात्र हो ।


अब तिमी आफैले आफूलाई नियालेर हेर !
तिमी परिवर्तनलाई खोज्न यसलाई बुझ्न आफै र आफ्नै बाट सुरु गर ।
“तिम्री आमालाई हेर”


तिम्री “आमा” आफू जन्मेको घर छोडेर आइन् तिमी जन्मिएको घरमा, आफू जन्मिदा जुन थर थियो त्यसलाई बदलिन् तिमीलाई पाउने भरमा,बिस्तारै भावना बदल्न थालिन् हुँदा हुँदै आफ्ना बा आमालाई भन्दा ज्यादा माया तिम्रो परिवारलाई गर्न थालिन् ,आफ्ना भाइ बहिनीलाई दिने माया सबै तिमीलाई मात्र दिन थालिन् र त तिमी आज संसारको भाग्यमानी सन्तान भएको छौ जसले आफ्नी ममतामयी आमाको पूर्ण मातृवात्सल्यता प्राप्त गरिरहेका छौ के यो परिवर्तनको देन होइन र??????????
यो परिवर्तित संसारमा जन्मिएर “परिवर्तन” नमान्ने तिमी
आफ्ना अब बाबालाई हेर!
बाल्यकाल देखि ‘परिवारप्रेमी’ दाजु भाइ दिदीबहिनी प्रति हुरुक्कै हुने तिम्रा बा तिम्री आमा लाई विवाह गरेपछि छुट्टिएर अलग्गै बसेका छन् , घरका अरु परिवारलाई दुःख कष्ट भएता पनि तिमीलाई र तिम्री आमालाई भने दुःखमा कहिले पर्न दिनै सक्दैनन्। सानामा तिम्रा हजुरबुबा को हात पक्डेर हिड्ने तिम्रा बा हजुरबुवाको त्यो हातलाई बिर्सेर तिम्रो हात पक्डेर तिमीलाई हिँड्न सिकाउन थालेका छन् किन की परिवर्तनशिल यो जगतमा जिम्मेवारीको भारले तिम्रा बालाई परिवर्तित गराएको छ त्यसैले त तिमी आज जेहेन्दार , उमेद्वार र प्रगतिशील भएको छौ के यो परिवर्तन को देन होइन र ??
अनि तिम्री दिदी लाई हेर!!
विवाह गरेपछि तिमीलाई गर्ने माया,बाडिएर भिनाजुलाई आफ्ना छोराछोरीलाई दिन थालिन्। हिजो सम्म घर भनेर सम्बोधन गर्ने ती दिदी आज माइती भन्छिन्। ,हिजो सम्म तिमीले लडाई गरी गरी घुर्काउँदै त्यो किन्दे,यो किन्दे भन्थेउ त्यै दिदीलाई ,भने आज तिमी आफै त्यो भन्न हिच्किचाउँछौं। आफ्नो घरमा नभएपछि अब दिदी तिमीलाई नै पराई लाग्न थालिसक्यो ,किनकि तिम्रो विचार हिजो भन्दा आज अलिकति परिवर्तन भइसक्यो। उनले पनि बा आमालाई घुर्काउँथिन् झगडा गर्थिन्,तर आज उनी एक नौलो पाहुना जस्तो बनिदिन्छिन् बिस्तारै पराईलाई जस्तो अप्ठ्यारो मन्नथाल्छिन् तर पनि तिम्री दिदी खुसी छिन् र तिमी पनि तिम्री दिदीलाई देखेर खुशी हुन्छौ । किन कि दिदीले आफ्नो घर परिवार आफ्नै बनाइसकिन् र आफ्नो परिवारको माया पाइसकीन् ऊनी खुसी छिन् खुसी रहन्छिन् के यो सबै परिवर्तन कै फल होइन?
अब तिम्रा दाईलाई हेर
भाउजु नल्याउन्जेलसम्म तिम्रो धेरै हेर विचार गर्थे। तिम्रा रहर हरु पूरा गर्दिन्थेँ।आज त्यो सबै तिमीले गुमायौं ।अनि तिमी पनि दाजुले हिजो सम्म तिमीलाई पिट्दा गाली गर्दा प्यारो लाग्थ्यो तर आज तिम्रो चित्त दुख्न थालेको छ ।यहां पनि हेर परिवर्तन कति मजाको छ।
सानु देखि कै तिम्रो मिल्ने साथीलाई हेर अब फेरि,,,
साना मा एउटै थालमा खाने,सँगै सुत्ने, उठ्ने खेल्ने तिमी आज समय को अतिक्रमण ले गर्दा टाढिएका छौं ।तिमीबाट स साना कुनै गल्ती भइहाले भने तिमीले त्यसको सजाय दोषीको जसरी ठूलो पाउनेछौ। तिमी प्रतिको विश्वास अनि साथित्वको भावनाबाट तिमी पन्छिने छौं। उसले तिमी सँगको सम्बन्ध र ब्यवहारलाई गलत्याएर अर्काको कुरा सुन्न थाल्छन् अनि तिमी प्रति नकारात्मक दृष्टिकोण हुन थाल्छ र तिमी प्रतिको विश्वास कमजोर बन्न थाल्छ ।
त्यसैले,, परिवर्तनलाई तसर्थ सहजरूपले ग्रहण गर्नुपर्दछ ।परिवर्तनलाई विकासका अाँखाले हेर्नुपर्दछ ।परिवर्तनलाई सङ्घर्षका रूपमा हेरिनुपर्दछ ।दुःख,गुनासाे, सङ्घर्षलाई सहजरूपमा हेरी परिवर्तनलाई प्रकृतिकाे शाश्वतताकाे रूपमा हेराैँ ।
लेखक -ज्योत्सना घिमिरे