


उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ३ मगंलबारेमा गुडी रहेको बसबाट हामफाल्दा एक जना युवा घाईते भएका छन । पुर्ब पश्चिम लोकमार्गमा पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको मे १ ख २४६६ नम्बरको सगरमाथा यातायात गुडी रहेकै अबस्थामा बसमा सवार एक जना यात्रु आँफै हामफाली लडेर घाइते भएका हुन ।


घाइते हुने मोरङ रतुवामाई नपा ९ बस्ने बर्ष २२ को अनिल तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तमाङलाई तत्काल उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे पठाइएको प्रहरीले जनाएको छ ।


बसबाट लडेर घाइते भएका तमाङको मुख र नाक बाट रगत बगिरहेको र उनलाई मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा सामान्य उपचार पश्चात सुबिधा सम्पन्न अस्पताल बिराटनगर रेफर भएको प्रहरीले जनाएको छ ।


प्रहरीले बस चालक झापा मेचीनगर नगरपालिका वडा ६ काकडभिट्टा बस्ने बर्ष ३८ को हेम राज ओझालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।