


सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिका क्षेत्रमा रहेका विभिन्न खोला नालाहरुमा आएको बाढीले बगाउँदा दुई पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा ०७ बस्ने जीवन पराजुली र सुन्दरहरैचा ०५ बस्ने राजकुमार राई छन ।


पुर्व पश्चिम लोकमार्ग स्थित वडा नं ४ दुलारी चौक देखी पश्चिम तर्फ रहेको पुलमा वर्षाका कारण खाल्डो पर्दा सफारी चालक जीवन पराजुली बेपत्ता भएको स्थानियले बताएका छन ।


रातको समयमा करिब ०७ बजे तिर पुर्वबाट पश्चिम तर्फ सफारी लिएर हिडिरहेका पराजुलीलाई दुलारीमा रहेको एक खोलाले बगाएको थियो । दुलारी देखी कारीब १०० मिटर पश्चिम पट्टी रहेको पुलमा निरन्तर आएको वर्षाको कारण पुर्व पश्चिम लोकमार्गको सडक नै दबिएको थियो । सोही दबिएको पुलमा परी खोलाले बगाउदा पराजुली बेपत्ता भएका छन ।


यता सुन्दरहरैचा ५ स्थित गोर्खाली टोल बस्ने राजकुमार राईलाई समेत खोलाले बगाएको सुन्दरहरैचा ५ का वडाध्यक्ष राम प्रशाद रिजालले बताएका छन । निरन्तर परेको वर्षाका कारण बुढीखोलामा आएको बाढीले राईलाई बगाएको रिजालले बताए । दुवै बेपत्ता भएका पुरुषको खोजी कार्य भईरहेको सुन्दरहरैचा वडा नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।