


विराटनगर । लागुऔषध सहित एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १५ स्थित,२ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १९ बर्षीय करण सहनी रहेका छन् । बुधवार साझ साँढे ५ बजे रानीबाट खटिएको प्रहरी टोलीले सहनीलाई पक्राउ गरेको हो .


पक्राउ परेका सहनीबाट प्रहरीले लागूऔषध NITROSUN 10-३४ ट्याब्लेट, SPAS TRANCAN PULS – १६ ट्याब्लेट, SAMPFX – ८ ट्याब्लेट, DIACEX-DC -२ बोतल सहित प्रहरीले बरामद गरेको छ ।


पक्राउ परेका सहनी माथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।