


झापा । झापाको भद्रपुर नगरपालिकामा सडक दुर्घटना हुँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । वडा नं ४ रंगेडाडा स्थितमा सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु भएको हो ।


मृत्यु हुनेमा साईकल यात्री भद्रपुर नगरपालिका ६ का ६० बर्षीय महेश सिंह राजवंशी रहेका छन् । आज दिउसो ११ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङकीको गाडीले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ साइकल यात्री गम्भिर घाईते भएका थिए ।


घाइते भएका राजबशीलाई उपचारको लागी ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो । घाइते राजावशीलाई उपचारको लागि अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ।


गाडी र चालक भद्रपुर नगरपालिका १० का २१ बर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।