


केराबारी । प्रहरीले मोरङको केराबारी गाउपालिकाबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।


ईलाका प्रहरी कार्यालय केराबारीले केराबारी ७ डागी स्थितबाट केराबारी ७ बस्ने वर्ष ३० का बिशाल लिम्बुलाई १ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।


शनिबार बिहान ८ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।


पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।