


सुन्दरहरैचा । पुर्वपश्चिमा लोकमार्ग अन्तर्गत सुन्दरहरैचा नगरपालिका वडा नं १० खोर्सानेमा शुक्रबार बिहान स्कार्पियो र बस ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन ।


पुर्बबाट पश्चिम तर्फ जादै गरेको को.१ ख.७६०१ न.को बस र बिपरित दिशा तर्फबाट आउदै गरेको बा.१३ च.७८९४ न.को स्कार्पियो ठक्कर खाई दुर्घट्ना हुँदा स्कार्पियोमा सवार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।


बस र स्कार्पियो दुर्घटना हुँदा स्कार्पियो रोड उत्तर साईडमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घट्नाबाट स्कार्पियो चालक रौतहट चन्द्रनिगाहपुर-४ बस्ने बर्ष-२८ को संदिप राई र स्कार्पियोमा सवार मोरङ बेलबारी-११ बस्ने बर्ष-३६ को श्याम थापा सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।


घाइते दुवैलाई उपचारको लागि स्थानिय मेडिकलमा पठाएको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे थापा अनुसन्धान गरिरहेको छ भने बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।