


भोजपुर । श्रीमतीलाई मार्ने धम्की दिएको आरोपमा भोजपुरबाट प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊपालिका १ चामबोटे का ४६ बर्षीय सुजिल राई भरुवा बन्दुक सहित पक्राउ परेका हुन ।


शुक्रबार राती सँवा ८ बजे घरयासी बिबादको कारण सुजिलले आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गर्दा गहिरो चोट लागि घाईते बनाई घरमा लुकाई छिपाई राखेको भरुवा बन्दुक निकाली श्रीमतीलाई ताकी मार्छु भनी धाक धम्की दिएका थिए ।


कोदालो प्रहारबाट घाइते भएकी जुनाको स्थानिय मेडिकल ओख्रेमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । कोदालो प्रहार गरी भरुवा बन्दुक देखाई मार्चउ भन्ने सुजिलले घटनास्थलमा भरुवा बन्दुक फाली फरार भएका थिए ।


फरार रहेका सुजिललाई प्रहरीले खोजतलास गरी पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर पठाएको छ । घटनस्थलबाट भरुवा बन्दुक, कोदालो सहित बरामद गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।