


सुन्दरहरैचा । आम उपभोक्ता कालोबजारी, मुल्य बृद्धको मारमा परिरहेका छन् । तर चाडवाडमा मात्र बजार अनुगमनको नाटक गर्ने सरोकारवाला निकाय रमिते मात्र बनेको छ । बर्षभरी केही नगरी बसेका उपभोक्तावादी तथा सम्बद्ध निकायका अधिकारी अब चाड पर्व नजिकिएपछि बजार अनुगमनको रणनीति बनाउन थालेका छन् ।


चाडबाड लक्षित गरेर अनुगमन गर्ने सरकारी शैली पुरानो हो । देखावटी यो नाटक अति हुँदा पनि रोकिने संकेत भने छैन । देश भरका स्थानिय तहका जनप्रतिनिधिको रोहबरमा एउटा अनुगमन समिती बनेको छ । तर ती समितीहरु मुख्य चाडपर्वमा मात्र सक्रिय हुने गर्दछन ।


एउटा वर्ष दिनको कार्यतालिका जस्तै भएको छ चाडबाडको मुखमा गरिने बजार अनुगमन । बजारअंा कस्ता सामाग्री पाउछन उपभोक्ता ठगिएका छन वा छैनन प्राय सबै समितिलाई थाहा हुन्छ तर मौन हुन्छन । ठुलो हुलका हुल अनुगमनमा गयो फोटो खिच्यो अनी एक्छिन सर्वसाधारणलाई रमिता देखायो व्यापारीलाई तर्सायो ? यो कस्तो अनुगमन हो । वर्षमा एक दिन गरिने अनुगमनले के बजार वा व्यवसायीहरु सुध्रेलान ?


वर्षभरी नै व्यापार व्यवसाय सञ्चालन हुने गरे पनि चाडपर्व नजिकिएसँगै स्थानिय तहले हरेक वर्ष अनुगमन गर्ने गरेको छ । व्यापारीले चाडपर्वमा मात्र हैन अरू बेलामा पनि महँगोमा सामान बेच्छन् । जसले गर्दा उपभोक्ता ठगिन्छन् । त्यसैले उनीहरुले चाडपर्व नजिँकिँदा मात्र हैन सधैंभरी नियमित रुपमा अनुगमन गर्नु पर्छ ।
फेरी अनुगमन पनि फरक शैलीले हुन्छ , पुर्व जानकारी दिएर गरिएको अनुगमनले के नतिजा देखाउला ? अहिले मोरङका अधिकाश स्थानिय तहमा बजार लक्षित बजार अनुगमन गरिदै छ तर त्यो प्रभावकारी भएको छैन । हल्लामा मात्र बजार अनुगमन नगरौ । बजार अनुगमन प्रत्एक महिना गरौ । पुर्व जानकारी दिएर गरिएको अनुगमन प्रभावकारी हुँदैन । अनुगमन गोप्य तरिकाबाट बजारअंा गरौ । यसले केही हदसम्म कालोबजारी मुल्य बृद्धको मारमा परिरहेका आमा उपभोक्तामा सहजता ल्याउदछ ।