


सुन्दरहरैचा । नेकपा माओवादी केन्द्र सुन्दरहरैचा नगर कमिटिको इन्चार्जमा नवराज चापागाईंले जिम्मेवारी प्राप्त गरेका छन ।


प्रदेश कमिटिको भेलाले चापागाईलाई सुन्दरहरैचा नगर कमिटिको इन्चार्जमा जिम्मेवारी प्रदान गरेको हो ।


नेकपा एमाले र नेकपा माओवादी एक हुदा नेकपाको जिल्ला सदस्यको जिम्मेवारी पाएका चापागाईलाई नेकपा विघटन भए पछि माओवादी केन्द्रको सुन्दरहरैचा इन्चार्जको जिम्मेवारी प्राप्त भएको हो ।


चापागाई सुन्दरहरैचा नगरपालिकाका एक कुशल क्षमतावान समाजसेवी र राजनितिज्ञ व्यक्ती हुन ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन हुनु भन्दा अगाडि उनी स्थानिय तहको निर्वाचनमा सुन्दरहरैचा नगरपालिकाको उपप्रमुखको उम्मेदवार समेत रहेका थिए ।
हरेक सामाजिक गतिविधिमा सक्रिय रहने उनले उधोग वाणिज्य संघ सुन्दरहरैचाको अध्यक्षको जिम्मेवारी सम्हाल्दा नगरमा वाल्किङ स्ट्रीट देखि सार्वजनिक शौचालय निर्माण गर्नमा समेत उल्लेख्य भुमिखा निर्वाह गरेका थिए ।