


सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा एक मेडिकल फार्मेसीले म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएको छ । वडा नं ४ स्थित बलियामा रहेको शुभलक्ष्मी फार्मीसीले म्याद गुज्रीएको औषधीहरु विक्री वितरण गरेको पाइएको हो ।


सोमबार सुन्दरहरैचा नगरपालिकाले गरेको अनुगमनमा ठुलो परिणाममा म्याद गुज्रीएको औषधीहरु अनुगमन टोलीले बरामद गरेको छ । स्थानिय जनप्रतिनिधी, प्रहरी, ससस्त्र प्रहरी , नगरको स्वास्थ्य शाखा सहितको टोलीले उक्त फार्मेसीमा गरेको अनुगमनमा दुई वर्ष अघी नै औषधीको म्याद गुज्रीएको औषधी समेत बरामद गरेको थियो ।


उक्त फार्मेसीबाट अनुगमन टोलीले एपी थ्रो , पेप्सा, नेत्टल इन्डो क्ल्याब, सिरफ जस्ता ७६ वटा औषधीको म्याद गुज्रीएको अवस्थामा फेला पारेको थियो । उक्त फार्मेसी किशोर कुमार सरदारको नाममा रहेको तर फार्मेसी अर्कै व्यक्तीले सञ्चालन गर्दै आएको अनुगमनको क्रममा फेला परेको सुन्दरहरैचा नगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक भिम चौधरीले बताए ।


उक्त फार्मेसी सञ्चालन गर्न मेडिकल औषधी विभागबाट अनुमती लिनुपर्ने हुन्छ तर विना इजाजत अव्यवस्थित औषधी पसल सञ्चालन गर्दै आएको, अनुगमन समितिलाई फार्मेसी सञ्चालन गर्न चाहिने काग-जात नदेखाएको कारणले तत्कालको लागि उक्त फार्मेसी सिल गरिएको अनुगमन समितिका सदस्य जीवन कुमार चापागाईले बताए ।
स्थानिय सरकार सञ्चालन ऐनमा भएको कानुन बमोजिम उक्त फार्मेसीलाई कानुनी कार्वाही गरेने स्वास्थ्य शाखा सह सयोजक चौधरीले बताए ।