


सुन्दरहरैचा । सुन्दरहरैचा क्षेत्रमा बजार अनुगमन गर्ने क्रममा एक खाध उधोगले उत्पादन मिती नै नराखी बजारमा भुजा विक्री वितरण गरेको पाइएको छ ।


वडा नं ६ स्थित गछियामा रहेको कोशी फुड प्रोडक्ट्सले उत्पादन गरेको भुजामा उत्पादन मिति नै नराखिएको भेटिएको हो । शुक्रबार वडा नं २ स्थित मृगौलियामा बजार अनुगमन गर्ने क्रममा उत्पादन मिती नराखिएको भुजाको बोरा भेटिए पछी अनुगमन टोलीले भुजा उधोगमा समेटा अनुगमन गरेको थियो ।


उधोगमा समेत अनुगमन गर्ने क्रममा अनुगमन टोलीले उधोगमै ठुलो मात्रामा उत्पादन मिती नराखि स्टोर गरेको भुजाको बोराहरु फेला पारेको थियो । अनुगमन टोलीले अनुगमनका क्रममा यस्ता भेटिएका सामानहरु बरामद गर्दै आएको छ । पटक पटक जानकारी गराउदा समेत त्यस्ता उधोगहरुले अटेर गरेमा अनुगमन टोलीले जरिवाना सहित कार्वाही गर्दै आएको छ ।


भुजा उधोगमा पहिलो पटक अनुगमन भएको कारण उधोग सुधार गर्न १५ दिनको समय दिएको अनुगमन समितिका सदस्य जीवन कुमार चापागाईले बताए ।
अनुगमनकै क्रममा उक्त उधोगले उत्पादन गर्ने २० केजी चामल, २५ केजी चामलमा समेत ताउल नपुगेको अनुगमन टोलीले फेला पारेको छ । उक्त उधोगले उत्पादन गरेको हरेक चामलको बोरामा १०० ग्राम देखी १५० ग्राम काम ताउल भएको चामल बजारमा विक्री वितरण गर्न पठाइएको भेटिएको छ ।
उधोगका सञ्चालक राजेश श्रेष्ठले प्राविधिक त्रुटी भएको स्विकार गरेका छन । श्रेष्ठले नगरपालिकाले दिएको समय अगाडि नै आफुले सबै गल्तिको सुधार गरिसक्ने बताएका छन ।