


सुन्दरहरैचा । सुन्दरहरैचामा मापदण्ड विपरित बेकरी उधोग सञ्चालनमा रहेको पाइेको छ । सुन्दरहरैचा क्षेत्रमा रहेका अधिकाश किराना पसल देखी डीपार्ट्मेन्ट स्टोरहरुमा मिती नै नभएका बेकरी आइटमका बिस्कुटहरु विक्री वितरण गर्न राखिएको पाईएको छ ।


सुन्दरहरैचा १० मा रहेको अनिसा बेकरीले उत्पादन गरेको बेकरी बिस्कुटहरु अधिकाश पसलहरुमा मिती नै नभएको अवस्थामा भेटिएको हो । बिहीवार सुन्दरहरैचा नगरपालिकाले गरेको अनुगमनका क्रममा सो उधोगले उत्पादन गरेको विस्कुटमा उत्पादन भएको मिती नै नराखिएको भेटिएको हो ।


अनुगमनका क्रममा विभिन्न पसलहरुमा उत्पादन मिती नभएको विस्कुटहरु पाईएपछी अनुगन टोलीले उधोगमा समेत छापा हानेको थियो । नेपाल प्रहरी, सशास्त्र प्रहरी , उधोग वाणिज्य संघ सुन्दरहरैचा , साथै नगरपालिकाका प्रतिनिधिहरुले सयुक्त रुपमा उधोगमा छापा हान्दा समेत ठुलो परिणाममा उत्पादन मिती नभएका बेकरी बिस्कुटहरु बारामद गरेको अनुगमन समिती सदस्य जीवन प्रशाद चापागाईले जानकारी दिए ।


करिब ८ वर्ष देखी शेख कलामले सञ्चालन गर्दै आएको उक्त उधोग दर्ता गरी ७ वर्ष देखी नविकरण समेत नगरी विना इजाजत विस्कुट उत्पादन गर्दै आएको चापागाईले बताए । उक्त उधोगमा पहिलो पटक अनुगमन गरिएकोले उधोग नविकरण गरी उत्पादित वस्तुहरुमा उत्पादन मिती हालेर मात्र सञ्चालन गर्न निर्देशान् दिएको चापागाईले बताए ।
अनुगमनका क्रममा अनुगमन टोलीले सो उधोगलाई जरिवाना समेत लगाएर उधोगमा भएको वस्तुहरु बाराअंअद गरेको छ । अनुगमन टोलीले चाडअपर्व लक्षित बजार अनुगमनलाई तिव्र रुपमा अघी बढाएको छ । अनुगमन टोलीले सुन्दरहरैचाको हरैचा, बेलेपुर, विराटचौक र खोर्सानीमा बजार अनुगमन गरिसकेको छ ।
बजार अनुगमनलाई तिव्र रुपमा निरन्तर अघी बढाइने चापागाईले बताए । उत्पादन सामाग्रीमा अनुगमन टालेलीले उत्पादन मिती नभेटेपछी अनुगमन टोलीले ७ दिनको अल्टीमेटम दिएको छ । सुन्दरहरैचामा बेकरी आइटमका विस्कुटहरु मात्र हैन तेल, सुजी जस्ता अन्य खाधान्य सामाग्रीहरु समेत उपभोग गर्ने मिती सक्किसकेको अवस्थामा फेला परेको छ । अनुगमन टोलीले त्यस्ता भेटिएको सामग्रीहरुलाई बाराअंअद गरी प्रहरी प्रशासनको रोहबरमा डिस्पोज गर्दै आईरहेको छ ।