


सुन्दहरहरैचा । मोरङको सुन्दरहरैचा ११ को वडा सभापतिमा भुवन बजगाईले उम्मेद्वारी घोषणा गरेका छन् ।


काङ्ग्रेस निकट भातृ संगठन नेपाल विधार्थी संघको विभिन्न तहमा रहेर जिम्मेवारी सम्हाली सकेका बजगाईले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा वडा सभापति पदमा उम्मेद्वारी दिएका हुन् ।


मोरङमा यही असोज ६ गते वडा अधिवेशन हुने समय नजिकिदै जादा आकाँक्षीहरुले धमाधम उम्मेद्वारी घोषणा गरिरहेका छन् । यसैक्रममा युवाहरुमाझ लोकप्रिय छवि बनाएका बजगाईले पनि आफ्नो चुनावी प्रतिवद्धतासहित उम्मेद्वारी घोषणा गरेका हुन् ।


उनले आफ्नो कार्यकालमा पार्टीको वडा कार्यालय भवन निर्माण गर्ने, स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउन विभेदरहित सबै संयन्त्र परिचालन गरी सक्रिय भूमिका निर्वाह गर्ने, चौमासिक रुपमा क्रियाशील सदस्यहरुको भेला गरी पार्टी सम्बन्धी प्रशिक्षण, अन्तरक्रिया गर्ने साथै क्रियाशील सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम सञ्चालन गर्ने जनाएका छन् ।
यस्तै, युवाहरुलाई पार्टीमा आकर्षित गर्न विभिन्न उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्ने, सबैको सुझाव, सल्लाह, सहभागितामा वार्षिक कार्ययोजना बनाएर पार्टीलाई चलायमान बनाउने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
पार्टीमा युवा देखी पाका सबैलाई समेटेर अघि बढ्न सक्ने क्षमता भएका बजगाईको वडा सभापतिमा उम्मद्वारी घोषणा भए सगै क्रियाशील सदस्य तथा काँग्रेसजनमा उत्साह थपिएको छ ।
परोपकारी, उदार मन र सहयोगी भावनाका बजगाई राजनीतिमा मात्र होइन, सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । सुन्दरहरैचा क्षेत्रमा समस्या परेका ठाउँमा उनी पुग्ने र सहयोग गर्ने गरेका छन् ।
पदमा रहँदा वा नरहँदा सदैव राजनीति र समाजसेवामा आफूलाई समर्पित गरेका बजगाई नै सबैलाई समेटेर लैजान सक्ने, युवादेखि पाका काँग्रेसजनको प्रिय पात्र रहेको स्वयम् काँग्रेसजन बताउने गरेका छन् ।