


सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा एकै दिन छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन । सोमबार सुन्दरहरैचा ०७ बेलगाछी चौक र सुन्दरहरैचा ९ स्थित चादनी पेट्रोल पम्प अगाडि भिन्न भिन्न समयमा सवारी दुर्घटन भएको थियो ।


बेलगाछि चोक स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे ३ प २०१० न. को मोटरसाइकलले सोहि दिशा तर्फ जादै गरेको प्र १ -०२-००२ ह ८८२० न.को सिटिलाई ठक्कर दिदा उक्त स्थानमा दुर्घटना भएको थियो ।


दुर्घटना हुँदा मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका ७ बस्ने बर्ष- ३८ को संतोष ताजपुरिया घाईते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारकोलागि बिर्ता सिटि अस्पताल बिर्तामोड पठाईएको प्रहरीले जनाएको छ ।


त्यस्तै सुन्दरहरैचा नगरपालिका -०९ चाँदनी पेट्रोल पम्प अगाडि पुर्व पश्विम लोकमार्गमा पुर्वबाट पश्चिम गई उत्तर तर्फ बाटो क्रस गर्दै गरेको को २ त ७५१ नम्बरको ट्याक्टरले पश्चिमबाट पुर्व आउदै गरेको प्र.०१-०२-०४६प ५३१६ नम्बरको स्कुटर लाई ठक्कर दिदा स्कुटर चालक बेलबारी न.पा.-०४ बस्ने बर्ष २१ की एक्सिना राई घाईते भएकी छिन् । उनको स्थानइय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।