


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा आईतवार दुईवटा स्कुटर एक आपसमा ठोक्किदा स्कुटरमा सवार दुईजना घाइते भएका छन । वडा नं १० खोर्साने स्थित पुर्व पश्चिमआ लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको को १७ प ४३९८ नम्बरको स्कुटरलाई पुर्वबाट पश्चिमतर्फ जादै गरेको को ९ प ७१७९ नम्बरको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा स्कुटरमा सवार दुई जना घाइते भएका हुन ।


दुर्घटनामा को १७ प ४३९८ नम्बरको स्कुटरमा पछाडि सवार सुन्दरहरैचा १२ बस्ने बर्ष ४० की सीता भट्टराई र को ९ प ७१७९ नम्बरको स्कुटर चालक केराबारी गाउपालिका ०४ बस्ने बर्ष १८ को समिर राई घाईते भएको प्रहरीले जनाएको छ ।


कागजात बिनै मापसेको तालमा दुर्त गतीमा सवारी चलाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते भट्टराईको बाँया खुट्टा भाचिएको र घाइते राईको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।


दुर्घटना ट्राफिक पोस्ट विराटचौकबाट १ किमी पुर्व भएको प्रहरीले जनाएको छ । घाइते स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै स्कुटर ईलाका प्रहरी कार्यालय बिराटचौकको नियन्त्रणको रहेको को १७ प ४३९८ नम्बरको स्कुटर चालक सुन्दरहरैचा-१२ बस्ने बर्ष ४५ को जय प्रसाद भट्टराई उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।