


भद्रपुर । झापाबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई आईतवार पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले तमाङलाई पक्राउ गरेको हो ।


पक्राउ परेका तमाङको साथबाट ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्राम बाराअंअद गरेको छ । तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको छ ।

