EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

मोरङमा क्रियाशिल विवाद आउनुमा दोशी को ?

by Eastkhabar
भदौ २६, २०७८
in ब्यानर न्युज, राजनिती
0
मोरङमा क्रियाशिल विवाद आउनुमा दोशी को ?
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

सुन्दरहरैचा । काङ्ग्रेसको उद्गम थालो मोरङमा क्रियाशिल विवादले अधिवेशन अनिश्चित छ । कार्यकर्ता तहमा अधिवेशन चाडै हुने आशा सहित सक्रियता बढ्दो छ तर , यकिन मिती केन्द्रले दिन सकेको छैन ।

क्रियाशिल विवाद किन भयो ? यसको दोषी को हो त ? जानकारहरु यसको जिम्मेवारी मोरङ काङ्ग्रेसका सभापति डिगबहादुर लिम्बुले नैतीक रुपमा लिनुपर्ने बताउछन ।

अशोक कोइराला, अमृत अर्यालको पालामा क्रियाशिल विवादले अधिवेशन रोकिएन । सभापति लिम्बुको कार्यकालमा क्रियाशिल विवादले उग्र रुप लियो । काङ्ग्रेस काङ्ग्रेसमा मनमुटाव भयो । प्राय: सबै निर्वाचन क्षेत्रमा विवाद देखियो । विवाद, धर्ना, प्रदर्शन, तालाबन्दी जस्ता आन्दोलन काङ्ग्रेसमा सामान्य बन्यो ।

“नियम संगत तरिकाले सिफारिस भएको भए विवाद नै हुने थिएन” मोरङ काङ्ग्रेसका एक पदाधिकारीले भने, ” आफु अनुकुल निर्णय हुने गरी वितरण गर्न थालेपछी विवाद शुरु भयो, लिम्बु आँफै पनि उम्मेदवार भएकोले उनी क्रियाशिल आँफै अनुकुल वितरण गर्न लागेकाले समस्या उत्पन भयो ।”

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनको पुर्व सन्ध्यामा देशका ५६ जिल्लामा वडा तहका अधिवेशन सम्पन्न भइसकेका छन । तर क्रियाशिल सदस्य विवाद समाधान नहुँदा काङ्ग्रेसको केन्द्रिय नेतृत्वले मोरङमा निर्वाचन अधिकारी पठाउन सकेको छैन ।

मोरङ काङ्ग्रेसले १५ हजारको हाराहारीमा क्रियाशिल सदस्य वितरण गरेको छ । क्षेत्रगत रुपमा आएका क्रियाशिललाई जस्ताको त्यस्तै पोका बाधेर केन्द्रिय समितिमा पठाइएको भनिए पनि धेरै ठाउमा एक गुटले अर्को गुटलाई सकाउने रणनिती बनेको थियो ।

यस बाहेक एक वडामा बसोबास गर्नेको अर्कै वडाबाट र एउटा क्षेत्रमा बसोबास गर्नेको अर्कै क्षेत्रबाट क्रियाशिलता वितरण हुनुले पनि समस्या उब्जाएको छ । वडा तथा क्षेत्रीय समितिले क्रियाशिल सदस्यका लागि सिफारिस गरेको फारममा नेताले भोट पाउनका लागि एउटाको निवेदनमा आफ्न नजिकको व्यक्तीको फोटो टासेर सदस्यता वितरण गरिदा समस्या उत्पन्न भएको हो जुन तत्कालाई समाधान हुने छाटकाट देखिदैन ।

काङ्ग्रेस केन्द्रिय सदस्य तथा केन्द्रिय सभापति डा शेखर कोइरालाको इच्छा बमोजिम सभापति लिम्बुले भने अनुसारको व्यक्तीलाई क्रियाशिल वितरण गर्दा विवाद उत्पन्नको जड भएको छ ।

मोरङ क्षेत्र नं ०६ मा निस्कृय रहेका र कहिकतै आन्दोलनमा काङ्ग्रेसको झण्डा बोकेको नदेखिएका विराटनगर ०७ का भन्सार एजेन्ट संजय दुगड र उनका श्रीमती लगायत परिवारका अधिकांश सदस्यलाई क्रियाशिल वितरण गरिदा पार्टीमा सक्रिय काङ्ग्रेसको अपमान भएको महशुस अधिकांशले गर्न थालेका छन । यो प्रतिनिधि समस्या मात्र हो ।

क्रियाशिल सदस्यको बिषयले एकले अर्कालाई खुइल्याउने कार्य प्रसस्तै भएका छन मोरङमा । यो नेता पिच्छे बिकास भएको गुटबन्दीले हो ।

काङ्ग्रेसको क्षेत्रीय र उपक्षेत्रीय सभापति र उपसभापति भएका व्यक्तीले आफ्ना आसपासे र अरौटे र भरौटेलाई सदस्यता वितरण गरेर केन्द्रिय समितिमा पठाइएको र केन्द्रिय समितिले त्यसलाई अनुमोदन गर्दा क्रियाशिल विवाद चरम उत्कर्समा पुगेको छ ।

पार्टीको वडा देखी क्ष्त्रीय स्तरसम्मका पुराना नेता तथा कार्यकर्ताहरुको क्रियाशिल सदस्यता सिफारिस गरेर गएको तर केन्द्रिय नेताहरुले त्यसरी सिफारिस भएर गएको नामा भन्दा आफ्न नजिक र चाकडी गर्ने आसपासेको नाउलाई सदर गरिदिदा विवाद उत्पन्न भएको हो ।

काङ्ग्रेस केन्द्रिय सदस्य डा कोइराला मोरङ सभापति लिम्बु पक्षधरले क्रियाशिल विवादलाई प्राविधिक कमजोरी भन्दै झारा टार्ने हिसाबअले बहाना बनाउदै जिल्ला अधिवेशन गर्ने मनस्थितिमा रहे पनि केन्द्रिय सदस्य अर्याल, जिल्ला सभापतिका उम्मेदवार दिलिप गच्छेदार पक्षधरहरुले फर्जी क्रियाशिल विवादको समाधान गरेर मात्रै अधिवेशन बढाउन दबाब दिएका छन ।

नेपाली काङ्ग्रेस मोरङले भदौ १८ गतेका लागि वडाबाट अधिवेशन शुरु गर्ने समय तालिका प्रकाशित गरेको थियो तर क्रियाशिल विवादले भएन । अब नयाँ मिती असोज ५ गते देखी वडा अधिवेशन हुने समय तालिका सार्वजनिक भएको छ । तर अझै पनि क्रियाशिल विवाद टुंगीएको छैन ।

सभार: न्यु सृस्‍टि दैनिक बाट

Post Views: 967
Previous Post

संखुवासभा हत्याकाण्ड: आरोपी पक्राउ

Next Post

राष्ट्रिय फुटसल लिग: प्लानेट फुटसलले विदाई गर्यो खेलाडी

Eastkhabar

Related Posts

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना
ब्यानर न्युज

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

माघ १, २०७९
बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती
राजनिती

बेलबारी काङ्ग्रेसबाट निकालिए दर्जनौ व्यक्ती

पुस २७, २०७९
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
राजनिती

सत्ता गुम्दैमा नआत्तिन कार्यकर्तालाई विश्वप्रकाश आग्रह

पुस १६, २०७९
प्रचण्डले चितवन–३ छाडे
राजनिती

दाहाल प्रधानमन्त्रीमा नियुक्त

पुस १०, २०७९
प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड
राजनिती

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीको जोड

पुस ८, २०७९
गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा
राजनिती

गीता बोक्दै संसद भवन प्रवेश गरे सुनिल शर्मा

पुस ७, २०७९
Next Post
राष्ट्रिय फुटसल लिग: प्लानेट फुटसलले विदाई गर्यो खेलाडी

राष्ट्रिय फुटसल लिग: प्लानेट फुटसलले विदाई गर्यो खेलाडी

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.