


केराबारी । मोरङको केराबारी गाउपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक बालक घाइते भएका छन्। केराबारी गाउपालिका ६ बस्ने दिनेश मगरका ५ वर्षिय छोरा बिरम मगर मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन्।


बालकलाई शुक्रबार दिउसो ३ बजे तिर केराबारी गाउपालिका ६ भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को २९ प ६०९१ नं. को मोटरसाइकलले बाटोमा खेलिरहेको अवस्थामा ठक्कर दिएको थियो।


मोटरसाइकलको ठक्करबाट बालकको छातीमा चोट लागेका र उपचारको लागी धरान घोपा पठाएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल चालक सुन्दरहरैचा नगरपालिका ०६ बस्ने वर्ष २६ को लाक्पा शेर्पा रहेका छन ।


मोटरसाइकल चालक शेर्पा बालकको उपचारमा सलग्न भएको प्रहरीले जनाएको छ । घटना आस्थायी ट्राफिक प्रहरी पोष्ट केराबारीबाट-४ किमि पश्चिममा भएको प्रहरीले जनाएको छ ।