


इटहरी । संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ उम्लिङका सामुहिक रुपमा हत्या गरिएका ६ जनाको इटहरी स्थित बुढीखोलामा अन्त्येष्टि गरिएको छ । गत सोमबार ८५ वर्र्षीय वौद्धमान कार्र्कीका परिवारको ६ जनाको हत्या भएको हो । वौद्धमानका जेठो नाति रमेश र कान्छो नाति नरेश वैदेशीक रोजगारीको शिलशिलामा मलेशियामा थिए ।


नातीहरु आए सगै उनिहरुको अन्त्येष्टि गरिएको हो । हत्याहुनेमा ८४ वर्षीया पार्वता, ५८ वर्र्षीया छोरा तेजबहादुर, ५२ वर्र्षीया बुहारी कमला, ३२ वर्र्षीया नातिनि बुहारी रञ्जना, ११ वर्र्षीया नाति दिपेन र ७ वर्र्षीया नातिनि गोमा कार्र्कीको हत्याभएको थियो ।


आफन्तले एउटा बंशजनै नास गर्ने हेतुले गरिएको यो हत्याका सम्बन्धका निष्पक्ष छानविन गरि कारबाहि गर्न माग गरेका छन् । रहस्यमय हत्या प्रकरणको सम्बन्धमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरीसँगै अहिले संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र त्यहाँबाट आपराध अनुसन्धानमा पोख्त कुकुरसहितको टोली घटनास्थालमा अनुसन्धान गरिरहेको छ । दोषि पत्ता लगाउन पोख्त मानिएका ‘ट्रयाकर डग’ ‘पिकु’ र लैलालाई त्यहाँ लगिएको छ । प्रहरी, कुकुर र स्थानीयको सहयोगमा हत्याराको खोजि प्रयास जारी छ तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

