


इटहरी । इटहरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका १७ बडहरा की ५० बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको हो । मंगलबार दिउसो साढे १ बजे आफ्नै घर आगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लाग्दा उनी घाइते भएकी थिईन ।


घाइते उक्त महिलालाई उपचारको लागि बिराट टिचिङ हस्पिटल लाने क्रममा दिउसो साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

