EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

उद्योग बाणिज्य सघ उर्लाबारीको चुनावी रौनक: कस्ले मार्ला बाजी ?

by Eastkhabar
भदौ १४, २०७८
in प्रदेश १
0
उद्योग बाणिज्य सघ उर्लाबारीको चुनावी रौनक: कस्ले मार्ला बाजी ?
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

उर्लाबारी । उद्योग बाणिज्य सघ उर्लाबारीको चुनावी रौनकले यति बेला उर्लाबारीलाई तताएको छ । आगामी भदौं ३० र ३१ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबले यतिबेला उर्लाबारीलाई छपक्कै छोपेको हो ।चुनाबी मैदानमा खरो प्रतिष्पर्धीको रुपमा नेपाली काग्रेस समर्थक तारामान सेरेङको प्यानल र बामपन्थी गठबन्धन, राप्रपासहितको प्यानलबाट अध्यक्ष पदमा शेरबहादुर भण्डारीको चुनाबी प्रतिष्पर्धा हुने भएको छ ।

नेपाली काग्रेस समर्थक ब्यवसायीहरुको प्रतिनिधित्व गर्दै संघका पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरेङलाई अध्यक्ष पदको उम्मेद्वार बनाएको छ । कांग्रेस समर्थक ब्यवसायीहरुको प्यानलमा जनता समाजवादी पार्टी, लिम्बूवानलगायत रहेका छन् । कांग्रेस समर्थक ब्यवसायीहरुको पकड रहेको संघमा युवा ब्यवसायी सेरेङले लामो समय विभिन्न पदमा रहेर काम गरिसकेका कारण पनि यस पटक उहाँकै पल्लाभारी हुने देखिएको छ । 

कांग्रेस गठबन्धन प्यालनबाट अधिकांश युवा ब्यवसायीहरुलाई अघि सारिएको छ । गत निर्वाचनमा महासचिबमा पराजित बन्नु भएका हेमराज गुरुङलाई सोही पदमा उठाइएको छ । दिलकुमार श्रेष्ठ, निरु चौहान, पूणर् सिंगक लिम्बू, भीम घिमिरेलगायतको नाम चर्चामा छ । तर, औपचारिक रुपमा अध्यक्षबाहेक अन्य पदमा को उम्मेद्वार बन्ने भन्ने कुरा फाइनल भएको छैन । 

यता बामपन्थी गठबन्धन, राप्रपासहितको प्यानलबाट अध्यक्ष पदमा वर्तमान बाणिज्य उपाध्यक्ष शेरबहादुर भण्डारीलाई उठाएको छ । भण्डारी नेकपा एमाले समर्थक ब्यवसायी हुनुहुन्छ । यो प्यालनबाट बरिष्ठ उपाध्यक्षमा यामलाल रसाईली, उपाध्यक्षमा जंगबहादुर कार्की, पवन चौधरी, महासचिबमा सम्झना खतिवडालगायत उम्मेद्वार अघि सारिएको छ । तर, औपचारिक रुपमा अध्यक्ष बाहेक अन्य पदको उम्मेद्वारी घोषणा भएको छैन । 

यता, स्वतन्त्रबाट केदार रिजालले अध्यक्षमा उम्मेद्वारी दिने बताएपनि पद बार्गेनिङका लागि मात्रै भएको बुझिएको छ । तर, रिजालले भने बार्गेनिङका लागि नभई ब्यवसायीको हकहितका लागि अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको दाबी गरेका छन् ।

नेपाली कांग्रेसनिकट ब्यवसायीहरुको उम्मेद्वार लगभग टुंगो लागिसकेको छ भने एमालेसहितको गठबन्धनको पनि उम्मेद्वारी छिनोफानो भइसकेको छ । तर, दुबै समूहले अर्को समूहले उम्मेद्वारी घोषणा गरेपछि मात्रै आफ्ना उम्मेद्वार घोषणा गर्न खोजेका कारण हालसम्म दुबै पक्षले उम्मेद्वार घोषणा गर्न नसकेका हुन् ।कांग्रेस र एमाले दुबै प्यानल आफ्नो जित हुने दाबी गर्दै आएका छन् । कांग्रेसले अधिकांश युवाहरुलाई उम्मेद्वार बनाएका कारण पनि यस पटकको चुनाबी सरगर्मी निकै बढ्ने देखिन्छ । 

सदस्य, महासचिब र बरिष्ठ उपाध्यक्ष भइसक्नु भएका अनुभबी तथा लामो समय संघको हितमा काम गर्नुभएका तारामान सेरेङको अध्यक्षमा उम्मेद्वारीले ब्यवसायी तथा उद्योगीहरुमा उत्साह बढाएको छ । निकै जोसिला र काममा कटिबद्ध भएर लाग्ने युवा सेरेङ भएको धेरै ब्यवसायीहरुको विश्लेषण छ । कांग्रेस एकढिक्का भएर सेरेङलाई जिताउन लागेको खण्डमा उहाँकै पल्लाभारी हुने निश्चित ।

यता एमाले गठबन्धनका वर्तमान बाणिज्य उपाध्यक्ष शेरबहादुर भण्डारी पनि लामो ब्यवसाय अनुभव भएका उम्मेद्वार हुन । कांग्रेसमा देखिएको गुटगत राजनीति प्रभाव देखिए र एमाले, राप्रपा तथा माओवादीले इमान्दारीका साथ भण्डारीलाई दिएको खण्डमा विजयी हुने सम्भावना पनि छ ।

Post Views: 702
Previous Post

आज श्रीकृष्ण जन्माष्टमी

Next Post

सुन्दरहरैचामा टिपरको ठक्करबाट एक जनाको मृत्‍यु

Eastkhabar

Related Posts

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु
प्रदेश १

सुन्दरहरैँचामा मोटरसाईकल दुर्घटना हुँदा रविनको मृत्यु

माघ २४, २०७९
सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन
प्रदेश १

सहिद दिवस: बेलबारीमा दिप प्रज्ज्वलन

माघ १६, २०७९
जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग
प्रदेश १

जन्मदिनमा मृर्गौला पीडित व्यक्तिलाई सहयोग

माघ १२, २०७९
तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण
प्रदेश १

तेह्रथुममा लायन्स क्लब अफ ईन्द्रपुरद्वारा न्यानो कपडा र स्टेशनरी बितरण

माघ ११, २०७९
सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु
प्रदेश १

सुन्दरहरैँचामा टिफरको ठक्करबाट १८ महिने बालिकाको मृत्‍यु

माघ १०, २०७९
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु
प्रदेश १

बेलबारीमा टिफरको ठक्करबाट दुईजना घाइते

माघ ९, २०७९
Next Post
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु

सुन्दरहरैचामा टिपरको ठक्करबाट एक जनाको मृत्‍यु

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.