


सुन्दरहरैचा । मोरङको सुन्दरहरैंचामा रहेको पहिलो पाइला नेपालले कोरोना विरुद्ध अनिवार्य मास्क प्रयोग गरौं , आफु पनी बचौ अरुलाइ पनि बचाउ भन्ने मुल नाराका साथ सुन्दरहरैचा स्थित बिराटचोकमा आज सनिवार मास्क वितरण कार्यक्रम गरिएको छ ।


कार्यक्रमममा सर्वसाधारण, सवारी चालक लगायतलाई मास्क वितरण गर्दै सेनीटानईजर लगाउन अनुरोध गर्दै जनचेतनामुलक कार्यक्रम गरिएको छ। कार्यक्रमममा पहिलो पहिला नेपाल सुन्दरहरैंचा संस्थाका पदाधिकारीहरु , सदस्यहरु र ट्राफीक प्रहरी विराटचोकको सहभागिता रहेको थियो।


अगाडिका दिनहरूमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको यस संस्थाले आगामी दिनमा पनि डस्टबिन वितरण,सरसफाइ, मास्क वितरण जस्ता विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिने संस्थाका अध्यक्ष मनोज लामा कार्की ले जनाएका छन ।

