


केराबारी । मोरङको केराबारी गाउँपालिका–३ मा रहेको हचुवा खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेर भोजपुर घर भएका २४ वर्षीय किरण श्रेष्ठको मृत्यु भएको हो । खोलाको पुलमुनिको दहमा पौडी खेल्न भनेर पसेका श्रेष्ठ शनिबार दिउँसो ४ बजेतिर डुबेर बेपत्ता भएका थिए ।


श्रेष्ठ केराबारी–३ मा बस्दै आएका थिए । खोजी गर्ने क्रममा श्रेष्ठको शव राति ९ बजेतिर दहभित्र फेला पारिएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

