


विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका -५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो ।


को ४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपानेको रहेको खुलेको छ । शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको छ । मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिए पनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

