


सुन्दरहरैचा । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहदेखि जिल्ला र केन्द्रसम्मको नेतृत्वको लागि आकाक्षींहरू प्रचारमा लागिसकेका छन ।


चुनावी सरगर्मी बढेसँगै नेपाली कांग्रेस सुन्दरहरैचा ९ को वडा सभापतिमा ऋषि काफ्लेको चर्चा चुलिएको छ ।


काफ्लेले पार्टीको १४औं महाधिवेशनमा वडा सभापतिमा उम्मेदवारी दिने बताए । काफ्लेले भने, ‘म पार्टीमा वडा सभापतिको भुमिका कार्यसम्पादन कुशलतापूर्वक निर्भाह गर्न सक्छु । त्यसैले सभापतिमा लड्ने तयारी अघि बढाएको छु।’


काफ्ले यस अघि काङ्ग्रेसको राजनिती सग सगै सामाजिक क्षेत्रमा समेत सक्रिय थिए । काफ्ले भन्छन ” पार्टीलाई सक्रिय बनाउन युवा पक्तिले मात्र सक्छन त्यसले मैले उम्मेदवारी दिएको हु । “
उनले पार्टीलाई विधि र विधानमा सक्रिय बनाउन युवाले मात्र सक्ने भन्दै आफूले युवाको तर्फबाट सभापतिको उम्मेदवारी दिएको बताए ।
काफ्ले युवा सर्कलमा लोकप्रिय छन । कोरोना कहरमा जनताको चुलोमा आगो बल्न नसक्दा उनले युवा शक्ति परिचालन गरि गाउँ गाउमा माक्स , सेनिटाइजर साथै खाधान्न वितरण गर्नमा सक्रिय थिए ।
युवा सर्कलमा लोकप्रिय मानिएका काफ्लेलाई काङ्ग्रेस केन्द्रिय सदस्य अमृत अर्याल, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी , सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख साथै काङ्ग्रेस मोरङको जिल्ला सह-सचिव शिव प्रसाद ढकाल र काङ्ग्रेस मोरङको जिल्ला कोषाध्यक्ष गोपाल थापाको समेत समर्थन रहेको बताईएको छ ।