


पथरिशनिश्चरे । मोरङ पथरीशनिश्चरेमा १३ बर्षीय बालिकालाई करणी गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । बोदेबरसाई नगरपालीका सप्तरीका २८ बर्षीय डाक्टर राजेश शाहालाई ईलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको हो ।
मोरङको पथरी शनिश्चरेमा डेरा बस्दै आएका शाहाले पथरी शनिश्चरे बस्दै आएकी १३ बर्षीय बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा पक्राउ परेका हुन । मोरङ पथरी शनिश्चरेरेको एक चस्मा पसलमा कार्यरत आँखाका डाक्टर राजेश शाहालाई मंगलबार पक्राउ गरि अनुसन्धान सुरु गरेकाे इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायक उपरिक्षक कृष्ण खड्काले बताए ।

