EastKhabar
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच
    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    सुन्दरहरैंचा नगरपालिका समृद्ध नगर निर्माणमा के भन्छन् सामाजिक अगुवा ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    मोरङ ३ विश्लेषण: ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    कपन एक घरमा आगलागी, नियन्त्रणको प्रयास जारी

    सप्तकोशी नदी बस्ती पस्यो

    सप्तकोशी नदी बस्ती पस्यो

    सुन्दरहरैचामा सरकारी भवनको दुरुपयोग

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    मोरङबाट प्रेस युनियनको खुल्ला उपाध्यक्षमा कुमोद र शेखरको भिडन्त

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैचाका यम बुद्धको काठमाडौं महानगरमा सालिक बनाइने

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

    सुन्दरहरैँचाको श्रेष्ठ होटलमा महिलाको सामुहिक बलात्कार

No Result
View All Result
EastKhabar
No Result
View All Result

युरोकपमा आज दुई खेल

by Eastkhabar
असार १३, २०७८
in खेलकुद
0
युरोकपमा आज दुई खेल
0
SHARES
0
VIEWS
Share on TwitterShare on Facebook

१६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् ।

युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हो ।

आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन् ।

हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९:४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । यस खेलको विजेताले डेनमार्कको सामना गर्नेछ ।

नेदरल्यान्ड्सले समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । समूह चरणमा शतप्रतिशत जित निकालेको नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोडेको थियो  ।नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

चेक रिपब्लिकले भने समूह ‘डी’ बाट नकआउट चरणमा स्थान बनाएको हो  । समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थन बनाएको हो  ।  चेक रिपब्लिकले ३  खेलमा ४ अंक जोडेको थियो  ।

समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा चेक रिपब्लिक इंग्ल्यान्डसँग १-० ले  पराजित भएको थियो  ।

स्पेनको सेभियामा बेल्जियम र पोर्चुगलबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ ।

दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।

बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले ३ खेलमा ९ अंक जोडेको थियो ।

बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको थियो । यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियमले फिनल्याण्डलाई २-० ले हराएको थियो ।

पोर्चुगल भने ग्रुप अफ डेथ मानिएको समूह ‘एफ’ बाट नकआउट चरणमा पुगेको हो ।

साविक विजेता समेत रहेको पोर्चुगलले समूह चरणमा ३ खेलमा ४ अंक जोडेको थियो । पोर्चुगल समूहको तेस्रो स्थानमा रहेको थियो । तर, पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

समूह चरणको पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । तर, दोस्रो खेलमा पोर्चुगल जर्मनीसँग ४-२ गोल अन्तरले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग २-२ गोलको बराबरी खेलेको थियो ।

बेल्जियम र पोर्चुगलबीच ठुला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको पाँच खेलमा भने पोर्चुगलको नतिजा राम्रो रहेको छ । पोर्चुगलले बेल्जियमविरुद्ध ३ जित निकाल्दा २ खेल बराबरी खेलेको छ ।

Post Views: 565
Previous Post

इटाली क्वाटरफाइनलमा

Next Post

सुन्दरहरैचामा टिपर अनियन्त्रित हुँदा एक जना घाइते

Eastkhabar

Related Posts

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट
खेलकुद

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट

कार्तिक २, २०७९
तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने
खेलकुद

तेस्रो सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिता हुने

अशोज २९, २०७९
भियतनामसँग पराजित नेपाल बाहिरियो
खेलकुद

भियतनामसँग पराजित नेपाल बाहिरियो

अशोज २२, २०७९
दक्षिण अफ्रिकाले भारतलाई हरायो
खेलकुद

दक्षिण अफ्रिकाले भारतलाई हरायो

अशोज २१, २०७९
बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने
खेलकुद

बेलबारीमा टि-२० प्रिमियर लिग प्रतियोगिता हुने

अशोज १८, २०७९
बागमती प्रदेश स्तरीय कराँते हुने
खेलकुद

बागमती प्रदेश स्तरीय कराँते हुने

अशोज ६, २०७९
Next Post
सुन्दरहरैचामा ट्रिफरको ठक्करबाट एक जनाको मृत्‍यु

सुन्दरहरैचामा टिपर अनियन्त्रित हुँदा एक जना घाइते

हाम्रो बारेमा

प्रदेश नं १ को मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाबाट सञ्चालित EASTKHABAR.COM हाल परिक्षण कालमा रहेको छ ।

  • सूचना विभाग दर्ता नंः
  • प्रेस काउन्सिल दर्ता नं:
  • कम्पनी दर्ता नं: २६७७३३/०७८/०७९
  • स्थायी लेखा नं.: ६१००५४३४९

हाम्रो टिम

  • प्रबन्ध निर्देशक : राजन पोखरेल
  • सम्पादक :
  • संवाददाता : निश्चल पौडेल
  • विज्ञापन तथा सुचनाको लागि : ९८१९३४५६२७/९८६२०५७९३८
  • ईमेल : rastrapremiraaz@gmail.com / info@eastkhabar.com

सामाजिक सञ्जाल

Facebook Pagelike Widget
  • होमपेज

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.

No Result
View All Result
  • होमपेज
  • समाचार
    • प्रदेश १
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णली प्रदेश
    • सुदुरपश्चीम प्रदेश
  • राजनिती
  • शिक्षा
  • खेलकुद
  • सुचना प्रवीधी
  • विजनेस
  • अन्तराष्ट्रिय
  • विचार
  • अन्तर्वाता
  • विचार
  • घोचपेच

सर्वाधिकार सुरक्षित © २०२० Eastkhabar - Site by bBrand.