


सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले नगरमा रहेका सक्रिय पत्रकारको दुर्घटना बिमा गरिदिने भएको छ ।
बुधबार सम्पन्न भएको आठौ नगरसभाबाट नगरमा रहेका सक्रिय पत्रकारहरुको ५ लाख बराबरको दुर्घटना बिमा गरिदिने नगरप्रमुख शिव प्रशाद ढकलले बताएका छन ।
उक्त निर्णय बुधबार भएको आठौ नगरसभाबाट सर्वसम्मत पारित भएको हो । त्यस्तै नगरले पत्रकार महासंघ मोरङ र पत्रकार महासंघ प्रदेश १ को मातहतमा रहेर नगरमा रहेका सञ्चार गृहहरुको प्रवर्धनको लागि मिडिया प्रवर्धन शिर्षकमा १० लाख बजेट समेत विनियोजन गरेको छ ।

