


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ मा आइतबार राती करिब ८ बजेको समयमा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
पश्चिमबाट पुर्व तर्फ आदै गरेको नम्बर प्लेट नखुलेको टिपरले विपरित दिशा तर्फ जाँदै गरेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा विपरित दिशा तर्फ जाफै गरेको को २९ प ९५५० नम्बरको मोटरसाइकल समेत अनियन्त्रित हुदा ३ मोटरसाइकलमा सवार तीन जना घाइते भएका थिए ।
घाइते ३ जनालाई उपचारको क्रममा धरान घोपा पठाइएको मा धनकुटा ७ पाख्रीबास बस्ने वर्ष ५० को कृष्ण बहादुर थापा, सुनसरीको इटहरी बस्ने वर्ष ३५ को दिपु शाहको उपचारको क्रममा मृत्यु भएको र धनकुटा पाख्रीबास बस्ने वर्ष २७ को भिम बहादुर थापा घाइते भई उपचार हुँदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात फरार रहेका टिपर चालक र टिपरको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

