


काठमाडौं । युरोकप २०२० मा आजदेखि समूह चरणका अन्तिम खेलहरु शुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन् । जसमा इटलीले घरेलु मैदानमा वेल्ससँग खेल्नेछ भने टर्की र स्विट्जरल्याण्डबीचको खेल बाकुमा हुनेछ । दुवै खेल एउटै समय अर्थात् राति ९:४५ बजे सुरु हुनेछ।

