


काठमाडौं । आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, दुई र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।


आज दिउँसो प्रदेश १, प्रदेश २ तथा वाग्मतीका थोरै ठाउँमा र बाँकी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


आज तुलनात्मक रुपमा तराई क्षेत्रमा धेरै पानी पर्ने र काठमाण्डौ उपत्यकामा पनि दिउँसोपख पानी पर्ने सम्भावना रहेको छ । त्यस्तै आज राती प्रदेश १, प्रदेश २ तथा वाग्मती प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

