


सुन्दरहरैचा । खसी चोरेर भाग्दै गरेका डम्मर कटुवाल पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका वडा नं ३ गछिया स्थित जीवन खड्काको खोरमा बाँधिएको खसी चोरेर भाग्ने क्रममा शुक्रबार दिउसो उनी पक्राउ परेका हुन् ।


खोरबाट अन्दाजी ३० केजीको सेतो रंगको र अन्दाजी १८ केजीको कालो पेटारे रंगको खसी चोरी भएको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिका वडा नं ८ स्थित कृष्ण पेट्रोल पम्प उत्तर तर्फको बाटोमा सोही नगरपालिका वडा नं ७ बस्ने बर्ष २७ को डम्मर कटुवाललाई उक्त खसीहरू डोर्याई लाँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।


पक्राउ परेका कटुवाललाई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

