


१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार)हुने दोस्रो खेलमा साविक विजेता पोर्चुगल र जर्मनी भिड्ने छन् । समूह ‘एफ’ मा रहेका दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।


आज पोर्चुगल लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने योजनामा रहनेछ । पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । पोर्चुगल ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।


जर्मनी भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीका लागि यस खेल महत्वपूर्ण रहेको छ । नकआउट चरणको सम्भावना कायम राख्न जर्मनीलाई जित बाहेक अन्य विकल्प छैन । जर्मनी समूहको तेस्रो स्थानमा रहेको छ ।

