


सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ८ का युवाहरु कोरोना भाइरसको संक्रमण तथा रोकथाम नियन्त्रण र न्युनिकरण गर्न वडाका वस्ती वस्तीमा पुगेका छन ।
स्थानिय युवा सामाजिक अभियान्ता पारस पराजुलिको नेतृत्वमा युवाहरुले ८ नं वडामा रहेका कोरोना संक्रमितको घर-घरमा गएर सेनिटाइज गर्नु, खाधान्न उपलब्ध गराउनु, वडामा भाइरस सम्बन्धी जनचेतना जगाउनु जस्ता कार्यहरु गर्दै आएको अभियान्ता पराजुलीले बताए ।
उनिहरुले अति विपन्न परिवारका घरहरु साथै कोरोना संक्रमित व्यक्तीहरुको घरमा खाधान्न उपलब्ध गराएका हुन । पहिलो चरणमा सबै संक्रमितक्क घर-घरमा सेनिटाइज गरेका युवाहरुले दोश्रो चरणमा खाधान्न सामग्री उपलब्ध गराएका हुन ।
खाधान्न उपलब्ध गराईसकेपछी तेस्रो चरणमा नगरमा रहेका सुरक्षाकर्मीहरु प्रहरी र ससस्त्र प्रहरीहरुलाई स्वास्थ्य सामग्री उप्लब्ध गराउने योजना रहेको पराजुलीले बताए ।
पराजुलीले वडामा मात्र नभएर नगर भरी रहेका अति विपन्न परिवारहरुलाई राहत सामग्री उपलब्ध गराउने बताएका छन । ” प्रथम चरणमा हामी आफ्नै वडामा केन्द्रित छौ , आवश्यक परेको खण्डमा हामी नगर भरी नै यो अभियान चलाउने छौ ” पराजुली भन्छन ।
पराजुलीको नेतृवमा वडाका निराजन बस्नेत, राजेन्द्र श्रेष्ठ, भेषराज बुढाथोकी , बाबुराम दाहाल, अशोक पौडेल , सुवास कार्की लगायतका सामाजिक अभियान्ताहरु सहभागी रहेका छन ।

