


सुन्दरहरैचा । मोरङको केराबारी गाउपालिकाबाट हतियार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार केराबारी गाउपालिका वडा नं ९ कुसुमे गौडाटोलबाट ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले दुई जनालाई हतियार सहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं २ लालभित्ति बस्ने बर्ष-४१ को पदम कुमार लिम्बु र केराबारी गाउपालिका वडा नं ९ कुसुमे गौडाटोल बस्ने वर्ष ५१ को गणेशकुमार लिम्बू रहेका छन ।
प्रहरीले बेलबारी २ स्थित लालभितिबाट पदम कुमार लिम्बू को.१.च.८३६८ न.को कारमा पेस्तोल सहित निस्किएको भन्ने गोप्य सूचना पाएको थियो । सुचनाकै आधारमा प्रहरीले पदम कुमार लिम्बुको खोजी गर्दा केराबारी गाउँपालिका वडा नं-९ कुसुमे गौडाटोल बस्ने गणेश कुमार लिम्बुको घर अगाडी निज पदम कुमार लिम्बु र उक्त कार फेला परेको थियो ।
फेला पारेको उक्त कार प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा सो कार भित्र फलामको दाप सहितको खुकुरी थान-१(एक) ,स्पर्ङ सहितको मार्तल ह्याम्बर थान-१(एक),फेलापरेको र निज पदम कुमार लिम्बुलाई सोधपुछ गर्ने क्रममा निजले रोकी राखेको कार देखि १० मिटर पश्चिम रहेको गणेश कुमार लिम्बुको घरको किचनमा लुकाई छिपाई राखेको बताएको थिए ।
सोधपुछमा पदम कुमार लिम्बुको भनाई अनुसार प्रहरीले तत्काल गणेश कुमार लिम्बुको घर खानतलासी गर्दा किचन (भान्सा) कोठाको काठको सरामा गोरुलाई लगाउने चोयाको महला भित्र प्लाष्टिकले बेरी झुण्ड्याएको कटुवा पेस्तोल थान-१ (एक) ,३०३ राईफलको गोली थान-५ (पाँच),चाँचर थान-२(दुई) ,पेस्तोलको बुलेट थान-१(एक) समेत फेला पारेको थियो ।
प्रहरीले पदम कुमार लिम्बू र गणेश कुमार लिम्बु सहित हतियार बोक्ने कारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको बताएको छ ।

