


सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा ६२ वर्षदेखि माथिका यस अघि खोप नलगाएका बृद्धबृद्धाहरुका लागि जेठ २५ र २६ गते विभिन्न पाँच केन्द्रमा कोरोनाविरुद्ध भेरोसिल खोप लगाइने भएको छ ।
नगर प्रमुख शिव प्रसाद ढकालका अनुसार सुन्दरहरैचा नगरपालिका वडा नं १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, सुन्दरहरैचा नगरपालिका वडा नं ८ मा रहेको शहरी स्वास्थ्य केन्द्र चिरम, सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा रहेको इन्द्रपुर स्वास्थ्य चौकी, सुन्दरहरैचा नगरपालिका वडा नं ३ मा रहेको स्वास्थ्य चौकी दुलारी र सुन्दरहरैचा नगरपालिका वडा नं ५ मा रहेको स्वास्थ्य चौकी दुलारी मा केन्द्र कायम गरिएको छ ।
ती केन्द्रहरुमा उक्त दुई दिन बिहान १० देखि बेलुका ४ बजेसम्म खोप लगाइने भएको छ । यो खोप ६२ वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिक, अग्रपंक्तिमा खटिएका पहिलो मात्रा लगाउन छुटेका स्वास्थ्यकर्मी, चिकित्सा शिक्षाका इन्टर्न विद्यार्थीहरु वा ओजेटी गरिरहेका नर्स तथा पारामेडिक्सहरु, प्रत्यक्ष उपचारमा र हेरचाहमा संलग्न व्यक्तिहरु, ६५ वर्षमाथिका कुनै पनि खोप नलगाएका तथा अन्यत्र जिल्लामा भेरोसेलको पहिलो मात्रा खोप लगाई हाल सुन्दरहरैचामा बसोबास गरिरहेका नागरिकलाई लगाइने नगरपालिकाले जनाएको छ ।

