


सुन्दरहरैचा । सन्त नेता नेका पुर्व सभापति एवम पुर्व प्रधानमन्त्री कृष्ण प्रशाद भट्टराईको नाममा मोरङमा ‘कृष्ण प्रशाद भट्टराई फाउण्डेसन’ दर्ता गरिएको छ । फाउण्डेसन मार्फत स्व. भट्टराईको योगदान , राष्ट्रप्रेमलाई झल्क्याउनुका साथै सामाजिक कार्य गर्न फाउण्डेसन अग्रसर भएको हो ।


राष्ट्रिय सभाका सासद एवम नेका नेता रमेश जग रायमाझीको अग्रसरता गठन हुन लागेको फाउण्डेसनले मोरङमा विभिन्न सामाजिक, राजनीतिक कार्य गर्ने छ । ‘फाउण्डेसन मार्फत हामीले सामाजिक र राजनीतिक कार्यलाई तिव्रता दिने छौ ‘ रायमाझीले भने, ‘सस्थाको उद्देश्य भनेको सेवाको काम नै हो ।’


विराटनगरमा विपी , गिरिजा, शैलजा आचार्य, सुशिल कोइराला लगायतको नाममा फाउण्डेसन बनाइएको छ । कृष्ण प्रशाद भट्टराई फाउण्डेसनमा समाजका हरेक क्षेत्रबाट प्रतिनिधित्व गराएर कार्य समिती बनाइने छ । मोरङमा फाउण्डेसन बनाएर तामझाम देखाए पनि अपेक्षाकृत पुर्व घोषणा अनुसार काम भने भएको पाइदैन । सुजता कोइरालाले बाबु गिरिजा प्रशाद कोइरालाका नाममा फाउण्डेसन बनाएर केही कार्य गरेको देखिन्छ भने नोना कोइराला ट्रष्टका नाममा पनि केही गतिविधी भएका छन ।


काङ्ग्रेस नेतृ मुदुला कोइरालाको अध्यक्षतामा विराटनगरमा सुशिल कोइराला फाउण्डेसन बनाइएको छ । मुदुलाले यस मार्फत केही काम गर्न खोजे पनि काङ्ग्रेस नेताहरुबाटै असहयोग भएको देखिन्छ । यो फाउण्डेसनको भवन शिलन्यास गर्ने एक कार्यक्रममा समेत काङ्ग्रेसका नेताहरु बाटै असहयोग भएको थियो । काङ्ग्रेस भित्र गुटगत समुह सक्रिय रहेकाले पनि एकले अर्को फाउण्डेसनलाई महत्व नदिने गरेको देखिन्छ । जसका कारण एक समुह अर्को समुहको फाउण्डेसन कार्यक्रम मै नजाने गरेको देखिन्छ ।
‘मलाई कुनै समुह चलाउनु छैन र, राजनीति गर्न मैले यो काम गरेको पनि होइन, मैले त् यो देशलाई महत्वपूर्ण योगदान गर्नु भएका सन्त नेता किसुनको नाममा केही असल काम गरौ भनेर अघी बढेको हुँ, उहाको योगदान युवा पुषतामा जाहेर गर्न अग्रसर भएको हुँ, रायमाझीले भने ।रायमाझी मोरङ काङ्ग्रेसको आउदो अधिवेशनमा सभापतिमा उम्मेद्वार हुने चर्चा छ ।